ट्रोल भए ‘दीपवीर’

हिमाल प्रेस १३ कार्तिक २०८० १२:३१ | Monday, October 30, 2023
ट्रोल भए ‘दीपवीर’

काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण ट्रोलरको सिकार भएका छन्। एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण यो जोडी ट्रोल भइरहेको छ।

बलिउड निर्माता-निर्देशक करण जोहरको कार्यक्रम ‘कफी विद् करण’को आठौँ संस्करणमा उनीहरू अतिथिका रूपमा पुगेका थिए। जसमा यी दुईले आफ्ना प्रेम सम्बन्ध र विवाहबारे खुलेर कुराकानी गरे। बलिउडका प्रसिद्ध जोडीमध्ये गनिने उनीहरूलाई प्रशंसकले ‘दीपवीर’ भन्ने गर्छन्।

एकातिर दीपिकाले रणवीरसँग प्रेममा रहँदा आफूले अरूलाई पनि भेटेको कुुराले सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन्। अर्कोतिर रणवीर दीपिका र आफ्नो पहिलो भेट, प्रेम सम्बन्धबारे भनेका कुराका कारण ट्रोल हुन पुगेका छन्।

करणसँगको यो अन्तर्वार्तापछि रणवीरको एक पुरानो भिडियो भाइरल भएको छ। त्यो भिडियो पनि करणकै शोको हो। यो पुरानो भिडियो त्यतिखेरको हो, जब रणवीर करणकै च्याट शोमा आफ्नी पूर्वप्रेमिका अनुष्का शर्मासँग पुगेका थिए।

शोमा रणवीरले दीपिकासँगको प्रेमकथा पनि अनुष्काको जस्तै सुनाएका छन्। सन् २०११ मा रणवीर अनुष्कासँग ‘कफी विद् करण’मा पुगेका थिए। उनले अनुष्काको खूब प्रशंसा गरेका थिए। ‘मैले अनुष्काको फिल्म ‘रब ने बना दी जोडी’ देखेँ, त्यहाँदेखि उनको प्रेममा परेँ,’ अन्तर्वार्तामा उनले भनेका छन्।

त्यस्तै कुरा उनले दीपिकाका लागि दोहो¥याएका छन्। सन् २०१२ मा दीपिकाको फिल्म ‘ककटेल’ रिलिज भएको थियो। ‘मैले दीपिकाको फिल्म ककटेल देखेँ, उनको प्रेममा पर्नबाट आफूलाई रोक्न सकिनँ,’ यसपटकको अन्तर्वार्तामा भने। आफ्नो यही भनाइका कारण उनी ट्रोल भएका हुन्। धेरैले उनले आफ्नो प्रेमकथा दोहोर्या‍एर सुनाएको भन्दै ट्रोल गरिरहेका छन्।

प्रकाशित: १३ कार्तिक २०८० १२:३१ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast