 
                             
                                            काठमाडौँ- ज्योति विकास बैंकले क्यूआर अडियो सेवा सार्वजनिक गरेको छ। बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी तत्कालै भ्वाइस मेसेजबाट पाउन सकिने गरी उक्त सेवा सार्वजनिक गरेको हो।
डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। सोमार्फत बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट तथा ग्राहकले सहजता महसुस गर्ने बैंकको भनाइ छ।
क्यूआर अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेजमार्फत पाउनेछन्।
                            प्रकाशित: १८ असोज  २०८० २०:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 