जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिनेछ : गुटेरेस

हिमाल प्रेस १४ कार्तिक २०८० १८:४१ | Tuesday, October 31, 2023
जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिनेछ : गुटेरेस

काठमाडौँ- नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रस‌ंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज (मंगलबार) शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक-सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसंघको भूमिकाबारे खुलेर छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए।

जबाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’ को पुनःसंरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए। त्यस्तै उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा सहयोग गरिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक-सामाजिक न्यायसहित विकासको मार्गमा अघि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकता त्यसमै केन्द्रित रहेको बताए। महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवं अभियान परिपुरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे।

नेपालले ध्यानलाई अभियानका रूपमा राष्ट्रसंघसम्मै पुर्‍याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उपप्रधानमन्त्री श्रेष्ठले दिए। रासस

प्रकाशित: १४ कार्तिक २०८० १८:४१ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast