जनकपुरमा नेपाल लाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमाल प्रेस २३ असोज २०८० २१:२४ | Tuesday, October 10, 2023
जनकपुरमा नेपाल लाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ- नेपाल लाइफ क्यापिटलले जनकपुरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ। कम्पनीले सेयर बजार, जोखिम र यसको प्रतिफल तथा प्रभावबारे स्थानीयलाई साक्षर बनाउने उद्देश्यले कार्यक्रम गरेको थियो।

नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा उक्त कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ। ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ जनाको सहभागिता थियो। धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम गरिएको हो।

प्रकाशित: २३ असोज २०८० २१:२४ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast