चिर्पट प्रहारबाट पत्नीको ‘हत्या’

हिमाल प्रेस १० कार्तिक २०८० ११:२५ | Friday, October 27, 2023
चिर्पट प्रहारबाट पत्नीको ‘हत्या’

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया पत्नी  लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ।

मादक पदार्थ सेवन गरेका दावा र लाक्पाबीच घरायसी विवाद हुँदा  दाबाले बिहीबार राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। पतिपत्नीबीच मूलघरमा झगडा भएपछि भागेकी पत्ती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए। दाबालाई प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए। मृत लाक्पाको शव परीक्षणका लागि नै जिल्ला अस्पतालमा लगिएको थियो।

प्रकाशित: १० कार्तिक २०८० ११:२५ | Friday, October 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast