चार संसदीय समितिको बैठक बस्दै

हिमाल प्रेस १४ कार्तिक २०८० ९:३४ | Tuesday, October 31, 2023
चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- चार संसदीय समितिको बैठक आज बस्दैछ। जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा छलफल हुनेछ।

साथै नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा माछा, दूध, मल र चिनीको बिक्री वितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल हुनेछ।

त्यस्तै बाँदर नियन्त्रण सम्बन्धी विषय र खाद्य स्वच्छता सम्बन्धी विधेयकको प्रगति विवरण सम्बन्धी आन्तरिक छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १२ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ।

प्रकाशित: १४ कार्तिक २०८० ९:३४ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast