चार वर्ष स्वनिर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ स्वदेश फिर्ता

हिमाल प्रेस ४ कार्तिक २०८० १८:५६ | Saturday, October 21, 2023
चार वर्ष स्वनिर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ स्वदेश फिर्ता लाहोरको एउटा पार्कमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको आगमनको पर्खाइमा रेहका उनका समर्थक। तस्बिर : एएफपी/रासस

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ स्वदेश फिर्ता भएका छन्। तीन पटक प्रधानमन्त्री बनेका सरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्किएका हुन्।

सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक संकटको सामना गरिरहेको पाकिस्तानमा सरिफका प्रमुख प्रतिद्वन्द्वी अत्यन्त लोकप्रिय नेता इमरान खान अहिले जेलमा छन्।

विगत थुप्रै दिन दुबईमा बिताएका सरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे राजधानी इस्लामाबाद
अवतरण भएका थिए।
‘हामी पूर्ण रूपमा निर्वाचनको तयारीमा छौँ’, आफ्नो उडान भर्नुअघि उनले पत्रकारहरूसँग भने, ‘जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ। हामी यस्तो अवस्थामा कसरी आयौँ, यो किन आयो?’ रासस/एएफपी

प्रकाशित: ४ कार्तिक २०८० १८:५६ | Saturday, October 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast