गाजामा बन्धक बनाइएकाहरूलाई अविलम्ब रिहा गर्न नेपालबाट गुटेरेसको आह्वान

हिमाल प्रेस १२ कार्तिक २०८० २१:२१ | Sunday, October 29, 2023
गाजामा बन्धक बनाइएकाहरूलाई अविलम्ब रिहा गर्न नेपालबाट गुटेरेसको आह्वान फाइल तस्बिर

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गरेका छन्।

नेपालको औपचारिक भ्रमणमा रहेका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले ट्विटरमा लेखेका छन्,  ‘म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु। सर्वसाधारणको हत्या, उनीहरूमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन।’

नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ। आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन्। उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०८० २१:२१ | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast