क्याम्बेरियन प्याट्रोलका सहभागीलाई प्रधानसेनापतिले दिए प्रमाणपत्र

हिमाल प्रेस २३ असोज २०८० २१:४२ | Tuesday, October 10, 2023
क्याम्बेरियन प्याट्रोलका सहभागीलाई प्रधानसेनापतिले दिए प्रमाणपत्र

काठमाडौँ- एक्सरसाइज क्याम्बेरियन प्याट्रोलका सहभाथीहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले पदक तथा प्रमाणपत्र उपलब्ध गराएका छन्।

प्रधानसेनापति शर्माले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनस्थित सेन्नीब्रिज ट्रेनिङमा सहभागी प्रतिस्पर्धात्मक एक्सरसाइज क्याम्बेरियन प्याट्रोलमा सहभागी नेपाली सेना, क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेनाका प्रतिनिधिहरूलाई पदक र प्रमाणपत्र उपलब्ध गराएका हुन्।

सोज १९ गते आरम्भ भएको सो प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीले रजत पदक प्राप्त गरेको थियो।

प्रकाशित: २३ असोज २०८० २१:४२ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast