कोशी सरकारमा जसपा सहभागी नहुने

हिमाल प्रेस १४ कार्तिक २०८० १६:३७ | Tuesday, October 31, 2023
कोशी सरकारमा जसपा सहभागी नहुने

इटहरी- जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ। मंगलबार (आज) इटहरीमा बसेको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो।

पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले सरकारमा सहभागी नहुने जानकारी दिए। यसअघि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे। ९३ सदस्यीय कोशी प्रदेशमा जसपाको १ सिट रहेको छ।

प्रकाशित: १४ कार्तिक २०८० १६:३७ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast