 
                             
                                            काठमाडौँ- कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यांकेटबीच सम्झौता गरिएको छ। ब्यांकेटमा बैंकका ग्राहकलाई छुट दिनेगरी दुई संस्थाबीच सम्झौता गरिएको हो।
सम्झौताअनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहकले ब्यांकेटका सेवामा १० प्रतिशत छुट पाउने छन्। उक्त सम्झौताले डिजिटल कारोबार बढ्ने अपेक्षा गरिएको छ।
कुमारी बैंकले विगत २२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको छ। हाल बैंकले ३०८ शाखा, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ।
                            प्रकाशित: १८ असोज  २०८० १६:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 