 
                             
                                            काठमाडौँ- कुमारी बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ। बैंकले आउँदो दसैंलाई लक्षित गर्दै बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको हो।
उक्त योजनामा बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गरी कारोबार गर्दा क्यासब्याक दिइने बैंकले बताएको छ। ‘प्रत्येक दिन पहिलो हुने ५०–५० जनालाई बैंकद्वारा २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइनेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
क्यासब्याक रकम, पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने बैंकको भनाइ छ। उक्त योजना असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म लागू हुने बैंकको भनाइ छ।
                            प्रकाशित: २१ असोज  २०८० २१:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 