कार्की बने राप्रपा नेपालका महामन्त्री

हिमाल प्रेस १ कार्तिक २०८० १७:४० | Wednesday, October 18, 2023
कार्की बने राप्रपा नेपालका महामन्त्री कृष्ण कार्कीलाई पार्टीमा स्वागत गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ– नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन्। कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।

पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की कांग्रेस महासमिति सदस्य दिए। कांग्रेसको बाह्रौँ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए।

महामन्त्री पदमा मनोनयन गरेपछि अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वाससमेत लिएको प्रतिक्रिया दिएका छन्।

दसैँलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: १ कार्तिक २०८० १७:४० | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast