कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकहाँ सांसद, सनाखत सुरु

हिमाल प्रेस २७ असोज २०८० ९:२० | Saturday, October 14, 2023
कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकहाँ सांसद, सनाखत सुरु

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा केदार कार्की पक्षका सांसदहरूको सनाखत सुरु भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा सनाखत सुरु भएको हो। नेपाली कांग्रेसबाट विद्रोह गरेर एमालेका ३९ सांसदहरूको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका केदार कार्की पक्षका सांसदहरूले अहिले सनाखत गरिरहेका छन्।

कांग्रेसका २९ मध्ये शेखर कोइराला समूहका ८ सांसदले कार्कीलाई साथ दिएका छन्। आठै जनाले सनाखतमा पनि हस्ताक्षर गरिसकेका छन्। कांग्रेसका ८ सांसदको सनाखतपछि एमालेका ३९ जनाको सनाखत सुरु भएको छ।

प्रकाशित: २७ असोज २०८० ९:२० | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast