काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार (आज) संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ।
कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रकाशित: २३ असोज २०८० ७:०३ | Tuesday, October 10, 2023
प्रतिक्रिया



