कांग्रेसले भन्यो : केदार कार्कीलाई समर्थन गर्ने ८ सांसदले हस्ताक्षर फिर्ता लिनू

हिमाल प्रेस २६ असोज २०८० १३:५३ | Friday, October 13, 2023
कांग्रेसले भन्यो : केदार कार्कीलाई समर्थन गर्ने ८ सांसदले हस्ताक्षर फिर्ता लिनू

काठमाडौँ- कोशी प्रदेश सरकारले आज मुख्यमन्त्री पाउँदैछ। मुख्यमन्त्रीका लागि दुई जनाले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। एक हुन् नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो। उनलाई माओवादीसहित नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदको समर्थन छ। मुख्यमन्त्रीमा दाबी पेस गर्ने अर्का सांसद हुन् कांग्रेसका केदार कार्की। कांग्रेसले माओवादीलाई छोडेको भन्दै कांग्रेसको इतर समूहले विद्रोह गरेर कार्कीलाई अगाडि सारेको हो। उनलाई नेपाली कांग्रेसका ८ सांसद र नेकपा एमालेका ३९ सांसदले समर्थन रहेको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन्।

कोशीमा मुख्यमन्त्री बन्न ४७ सांसदको समर्थन भए पुग्छ। हस्तार बुझाउँदैमा ४७ जनाको बुझाएका कार्कीले अहिले आफूलाई समर्थन गर्ने सांसदहरू अझै थपिएको बताएका छन्। उनै कार्कीलाई पार्टीको निर्णयविपरीत नजान कांग्रेसले आग्रह गरिरहेको छ भने उनलाई समर्थन गरेर हस्ताक्षर बुझाउने ८ जनालाई पनि हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ।

कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाका अनुसार पार्टीलाई एक बनाउन कोशी प्रदेश संसदीय दललाई आग्रह गर्ने र पार्टी केन्द्रको निर्देशनअनुसार अन्य निर्णय भएको छ। कोशीमा इतर समूहले विद्रोह गरेपछि कांग्रेस कोशी प्रदेश कार्यसम्पान समितिको बैठक बसेको थियो।

प्रकाशित: २६ असोज २०८० १३:५३ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast