ओलीमाथि प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार हो : महासचिव पोखरेल

हिमाल प्रेस ८ कार्तिक २०८० ८:१४ | Wednesday, October 25, 2023
ओलीमाथि प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार हो : महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार हो भनेका छन्। उनले एमाले ओली नै सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति भएको दाबी गर्दै यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

पोखरेलले भनेका छन्, ‘नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार हो।’

उनले पहिलापहिला पहिले माओवादीहरूले जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गरेको आरोप लगाए। यस्तै अहिले आएर राजावादीहरूले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको भनाइ पोखरेलको छ।

‘वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो। भ्रममा नपरौं, यस्ताखाले षडयन्त्रविरुद्ध गम्भीर बनौँ’, पोखरेलले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: ८ कार्तिक २०८० ८:१४ | Wednesday, October 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast