एमाले बाहेकका दलहरूको भविष्य अन्धकारमय छ : ओली

हिमाल प्रेस २४ असोज २०८० १८:३९ | Wednesday, October 11, 2023
एमाले बाहेकका दलहरूको भविष्य अन्धकारमय छ : ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो सुसंगठित पार्टी देखेर अन्य दल आत्तिएको बताएका छन्। एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अन्य दलहरू एमालेको प्रगति देखेर आत्तिएको बताएका हुन्।

एमालेले सुशासन र विकासको कुरा गर्ने गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताहरू एमालेप्रति आकर्षित भइरहेको उनको दाबी थियो। ‘एमाले विकासको कुरा गर्ने भएकाले जनतामा एमालेप्रति आकर्षण छ, त्यही भएर देशैभरि एमाले बाहेकका दलहरूको भविष्य अन्धकारमय छ,’ उनले भने। उनले २०८४ का निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।

प्रकाशित: २४ असोज २०८० १८:३९ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast