 
                             
                                            काठमाडौँ- विशेष कार्यक्रम आयोजना गरेर एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिकोत्सव मनाएको छ। सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गरिएको छ। २८ जना कर्मचारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका थिए।
यसैगरी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतका तर्फबाट ब्लिंकनाव फाउन्डेसनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा फाउन्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रञ्जितको समेत उपस्थिति थियो।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहक छन्।
देशैभरि छरिएर रहेको १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल तथा इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 