एभरेष्ट बैंकद्वारा रत्न राज्य स्कुलमा खानेपानी प्लान्ट सञ्चालन

हिमाल प्रेस ३ कार्तिक २०८० १५:११ | Friday, October 20, 2023
एभरेष्ट बैंकद्वारा रत्न राज्य स्कुलमा खानेपानी प्लान्ट सञ्चालन

काठमाडौँ–  एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रमलगायत विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।

यसै क्रममा बैंकले बानेश्वर महादेवस्थानस्थित रत्नराज्य माध्यामिक विद्यालयमा खानेपानीको प्लान्ट सञ्चालनमा ल्याएको छ। विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको दसैँ, तिहार र छठको शुभकामना आदनप्रदान कार्यक्रममा २ हजार ७०० भन्दा बढी विद्यार्थीलाई पुग्ने खानेपानी प्लान्ट सञ्चालनमा ल्याइएको हो।

प्रकाशित: ३ कार्तिक २०८० १५:११ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast