 
                             
                                            काठमाडौँ- एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रिनिउरियल डेभलपमेन्ट बैंक (एफएमओ)बाट २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६४ करोड रुपैयाँ) बराबरको ऋण प्राप्त गरेको छ।
यो रकम हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यममा लगानी गर्ने बैंकले जनाएको छ।
२० मिलियनमध्ये १५ मिलियन अमेरिकी डलर ग्रिन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि र बाँकी रकम साना तथा मझौला उद्यमको विकासमा लगाउने दुई संस्थाबीच सम्झौता भएको छ।
एनएमबि बैंकले २०१ शाखा, १५१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत देशभर सेवा दिइरहेको छ।
                            प्रकाशित: १ कार्तिक  २०८० १३:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 