एनआरएनए उपाध्यक्ष उम्मेदवार केशव पौडेलका यस्ता छन् प्रतिबद्धता

हिमाल प्रेस २३ असोज २०८० १४:१४ | Tuesday, October 10, 2023
एनआरएनए उपाध्यक्ष उम्मेदवार केशव पौडेलका यस्ता छन् प्रतिबद्धता

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष उम्मेदवार डा. केशव पौडेलले सबै प्रतिनिधिलाई ११ औँ अधिवेशनमा सहभागिताका लागि अपिल गरेका छन्। एक वक्तव्य जारी गर्दै उनले छानिएका सबै प्रतिनिधिलाई यही अक्टोबर १७ देखि काठमाडौँमा ११ औँ महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलनमा भौतिक सहभागिताका लागि अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘सम्मेलनमा तपाईँहरूको भौतिक सहभागिताको अपेक्षा राखेको छु। आफ्नो समय व्यवस्थापनका कारण भौतिक रुपमा सहभागी हुन नसकेमा पनि तपाईँहरूले अनलाइन माध्यममार्फत आफ्नो अमूल्य मत दिई सबल र सक्षम नेतृत्वसहित एनआरएनएको अन्तर्राष्ट्रिय समिति निर्माणमा योगदान र सहभागिता जनाउनुहुने नै छ भन्ने मेरो विश्वास छ।’

डा. पौडेलले नयाँ कार्यसमिति बनेपछिका सम्मेलनहरूमा सबै एनआरएनए सदस्यहरूले मतदान गर्न सक्ने व्यवस्थाका लागि आफ्नो प्रतिबद्धता जनाउँदै सबै मिलेर लाग्ने बताएका छन्।

हाल संघको महासचिवका रुपमा गैरआवासीय नागरिकताका लागि सक्रिय भूमिका खेलेका पौडेलले संघको अभियानमा उपाध्यक्षको भूमिकामा अघि बढ्ने चाहना व्यक्त गरेको स्मरण गराएका छन्।

सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न देशका नेपालीमाझ अन्तरक्रिया गरे पनि सबै समक्ष पुग्न नसकेको स्पष्ट पार्दै पौडेलले भनेका छन्, ‘तपार्इँहरू सबैलाई प्रत्यक्ष रूपमा तपाईँहरू रहनुभएको राष्ट्र र सहरमा गई भेट्ने प्रयासले पूर्णता पाउन नसके पनि विभिन्न माध्यममार्फत जोडिने नै छु। तपाईँहरू सबैलाई सम्मेलन स्थलमा भेट्ने र भलाकुसारी गर्ने तीव्र अभिलाषासहित मातृभूमि नेपालको यात्रामा निस्किएको छु।’

प्रकाशित: २३ असोज २०८० १४:१४ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast