उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य

हिमाल प्रेस २ कार्तिक २०८० १६:५२ | Thursday, October 19, 2023
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य फाइल तस्बिर

बेइजिङ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले बिहीबार एक सूचना जारी गर्दै श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो।

‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्त्वपूर्ण संकेत देखिएको छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ। उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ।

छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई अस्पतालको आकस्मिक कक्षमा उपचार गरिएको थियो। अस्पताल पुगेलगतै उनको कोरोनी एन्जियोग्राम गरेर छातीको जाँच गरिएको थियो। जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ।

चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले मन्त्री श्रेष्ठलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद गरेका राजदूत श्रेष्ठले बताए। रासस

प्रकाशित: २ कार्तिक २०८० १६:५२ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast