इजरायल-प्यालेस्टिन द्वन्द्व : बन्द भयो गाजाको एक मात्र विद्युत गृह

हिमाल प्रेस २४ असोज २०८० २०:५० | Wednesday, October 11, 2023
इजरायल-प्यालेस्टिन द्वन्द्व : बन्द भयो गाजाको एक मात्र विद्युत गृह

गाजा (रासस/एएफपी)- इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एक मात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ।

‘गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन,’ प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो आधिकारिक तथ्या‌ंकअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ। हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ।

 

प्रकाशित: २४ असोज २०८० २०:५० | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast