इजरायलबाट फर्किइन् सावित्रा

हिमाल प्रेस २५ असोज २०८० ७:३९ | Thursday, October 12, 2023
इजरायलबाट फर्किइन् सावित्रा

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन्।

व्यावसायिक फुटबलका लागि इजरायलमा रहेकी साम्बा द्वन्द्व बढेपछि स्वदेश फर्किएकी हुन्।

मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै बुधबार राति काठमाडौं आइपुगेकी हुन्।

उनी वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छन् । युइएफएले इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै २ साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गरेको छ।

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहान आक्रमण गरेपछि इजरायल अहिले द्वन्द्वमा छ। हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।

प्रकाशित: २५ असोज २०८० ७:३९ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast