आईएमएफले भन्यो- जर्मनी गहिरो मन्दीतर्फ

हिमाल प्रेस २३ असोज २०८० २०:५६ | Tuesday, October 10, 2023
आईएमएफले भन्यो- जर्मनी गहिरो मन्दीतर्फ

फ्र्यांकफर्ट- जर्मनीले पहिले अनुमान गरिएकोभन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मंगलबार बताएको छ। आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको हो।

उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष ०.५ प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेको हो। यसअघि आईएमएफले जुलाईमा ०.३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको थियो।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी यस वर्ष जी–७ का धनी सदस्यमध्ये आर्थिक वृद्धि नहुने एउटा मात्र मुलुक बन्ने अद्यावधिक गरिएको प्रक्षेपणले पुष्टि गरेको छ।

आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार साझेदार मागलगायत थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ।

सन् २०२३ को प्रारम्भमा मन्दीमा पुगेको र दोस्रो त्रैमासिकमा स्थिर रहेको जर्मनीले यस वर्षको दोस्रो ६ महिनामा अर्को ‘थोरै आर्थिक संकुचन’ तिर गएको पनि प्रतिवेदनमा उल्लेख छ।

आईएमएफले जर्मनीको अर्थतन्त्र सन् २०२४ मा सुधारको दिशामा जाने तर जुलाईको १.३ प्रतिशतको वृद्धिबाट ०.९ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ। जर्मनीको अर्थतन्त्रमा देखिएको समस्याले युरोजोनमा पनि अवरोध देखिनेछ। आईएमएफले सन् २०२३ मा २० राष्ट्र सम्मिलित युरोजानको अर्थतन्त्र थोरै घटाएर ०.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। रासस/एएफपी

प्रकाशित: २३ असोज २०८० २०:५६ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast