आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिट्यान्ससम्बन्धी सम्झौता

हिमाल प्रेस १ कार्तिक २०८० १७:२७ | Wednesday, October 18, 2023
आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिट्यान्ससम्बन्धी सम्झौता

 काठमाडौँ-  रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई  र मध्यपूर्वलगायत १५५ देशमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्द्धित  बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिट्यान्स सेवा प्रवर्द्धन गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार यूएईको केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बोटिम अल्ट्रा एप मार्फत  आइएमईको डिजिटल वालेट आइएमई  पेमा सोझै रकम पठाउन सकिने छ।

यस सहकार्यले डिजिटल कारोबार बढ्नुको साथै सेवाग्राहीलाई सहज र सुरक्षित रूपमा रेमिट्यान्स प्राप्त हुने दुवै कम्पनीले विश्वास गरेका छन्।

प्रकाशित: १ कार्तिक २०८० १७:२७ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast