अराजकलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिने महेश बस्नेतको चेतावनी

हिमाल प्रेस २७ असोज २०८० १६:१४ | Saturday, October 14, 2023
अराजकलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिने महेश बस्नेतको चेतावनी महेश बस्नेत।

काठमाडौँ– नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजक व्यक्तिहरूका कारण मुलुकमा लोकतान्त्रिक अधिकार कार्यान्वयनमा चुनौती रहेको बताएका छन्।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले अराजकवादीहरूले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक अधिकार कार्यान्वयन गर्ने कुरा चुनौतीपूर्ण बनेको बताए।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको दाबी गरे। नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको भएको भन्दैै गलत ढंगले नबुझ्न अनुरोध गरे।

दुर्गा प्रसाईको गतिविधिको कडा विरोध गर्दै उनले आफूहरुले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चुप लागेर नबस्ने चेतावनी दिए।

झापामा आफूहरुको कार्यक्रम बिथोल्नका लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरु मिलेर आएको उनको भनाइ छ। बस्नेतले संविधान र कानुनविरोधीहरुलाई कानुनी दायरामा ल्याउन सरकारलाई अनुरोध गर्ने र सरकारले ती अराजकलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिए।

प्रकाशित: २७ असोज २०८० १६:१४ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast