अन्तरक्लब क्रिकेट उपाधि कास्की क्रिकेटलाई

हिमाल प्रेस २३ असोज २०८० १९:३७ | Tuesday, October 10, 2023
अन्तरक्लब क्रिकेट उपाधि कास्की क्रिकेटलाई

पोखरा- कास्की क्रिकेट क्लबले पोखरा महानगरस्तरीय अन्तरक्लब टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार फाइनलमा सांग्रिला क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै कास्की क्रिकेटले उपाधि जितेको हो।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्की क्रिकेटले पूरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १४१ रन बनाएको थियो। कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे। सांग्रिलाका बलर आदर्श झाले ३ तथा विपीन खत्री र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए।

जितका लागि १४२ रनको लक्ष्य पछ्याएको सांग्रिलाले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्रै जोड्न सक्यो। विपीन खत्रीले सर्वाधिक २८ तथा सिब्रिन श्रेष्ठले १२ रन बनाए। कास्की क्रिकेटका नितेश गिरीले ४ विकेट लिए ।

प्रतियोगिताभर १४० रन जोड्दै ५ विकेट समेत लिएका सांग्रिलाका सिव्रिन श्रेष्ठ म्यान अफ द सिरिज भए। प्रतियोगिताभर कुल १० विकेट लिंदै कास्की क्रिकेटका नितेश गिरी उत्कृष्ट बलर तथा १३३ रन बनाएका सांग्रिलाका अरुण अधिकारी उत्कृष्ट व्याट्स्म्यान भए।

प्रकाशित: २३ असोज २०८० १९:३७ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast