पर्वत- पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन जना बेपत्ता भएका छन्।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ ज६२१३ नम्बरको जीप साँझ करिब साढे ६ बजेतिर बाढीले बगाउँदा ३ जना पुरुषसहितको गाडी बेपत्ता भएको हो।
चार जना सवार उक्त जीपमा ड्राइभर भने हाम फालेर बाँच्न सफल भएका छन्। जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ।
घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन्। शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो। रासस
प्रकाशित: १३ असोज २०८० २०:४५
प्रतिक्रिया