आजको मौसम : हल्का वर्षादेखि आंशिक बदलीसम्म

हिमाल प्रेस १३ असोज २०८० ६:३९
4
SHARES
आजको मौसम : हल्का वर्षादेखि आंशिक बदलीसम्म पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ।

हाल बंगालको खाडीको उत्तरपश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर/पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको हो।

आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

आज शनिबार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित: १३ असोज २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast