काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जना कायम भएका छन्।
अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भएको छ। केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन्।
दाहालको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, सचिव नवराज सिलवाल रहेका छन्।
यसैगरी ढुंगेलको प्यानलमा उपाध्यक्ष दावा दोर्जे लामा र सचिव हस्त पण्डित रहेका छन्।
उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले समेत उम्मेदवारी दिएका छन्। जिल्लातर्फ सिन्धुपाल्चोक, काभ्रे, चितवन र रसुवाले सर्वसम्मत गराएका छन्।
प्रकाशित: १२ असोज २०८० १३:००
प्रतिक्रिया