एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

हिमाल प्रेस ११ असोज २०८० १२:०६
16
SHARES
एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहक र एनसेलका कर्मचारी गरि एक सयभन्दा बढीले रक्तदान गरेका थिए। दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्नेछन्।

एनसेलको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए। ‘स्थानीय बासिन्दा र हाम्रा ग्राहकसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौँ। यसले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ। यो हामी सधैँ नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो।’

एनसेलले ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमको पनि घोषणा गरिसकेको छ। जसअन्तर्गत ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षरोपणलगायत कार्यक्रम रहेका छन्।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ।

प्रकाशित: ११ असोज २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =