इन्द्रजात्राले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्ध उजागर गर्छ : राष्ट्रपति

हिमाल प्रेस ११ असोज २०८० ६:३४
4
SHARES
इन्द्रजात्राले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्ध उजागर गर्छ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली सभ्यता र संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्ता जात्रापर्वले परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन्।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहेको स्मरण गर्दै उनले यो पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको जनाएका छन्।

‘पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित: ११ असोज २०८० ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =