शेखर कोइराला भन्छन् : बैंकहरू पनि मिटरब्याजीसरह भए

हिमाल प्रेस १० असोज २०८० १९:०२
8
SHARES
शेखर कोइराला भन्छन् : बैंकहरू पनि मिटरब्याजीसरह भए

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू पनि मिटरब्याजी सरह भएको बताएका छन्। काठमाडौँको शंखरापुरको वनदेवी आधारभूत विद्यालयमा राकेश हमालको शालिक अनावरण तथा कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बैंकहरूमाथि यस्तो आरोप लगाएका हुन्।

देशको आर्थिक अवस्था खतरामा रहेको भन्दै उनले मिटरब्याजीलाई कारबाही गर्न कानुन बने पनि बैंकहरूका कारण जनता आजित हुने अवस्था आएको बताएका छन्।

‘देशको आर्थिक स्तर खतरामा छ। कानुन बनाएर मिटब्याजीलाई कारबाही गर्न सुरु गरे पनि अर्को खतरा देखिरहेको छु,’ उनले भने, ‘बैँकहरू मिटरब्याजी हुन् कि भन्ने लागेको छ। ब्याज १३ प्रतिशतसम्म तिराएको छ । अहिले रेमिट्यान्स आयो भनेर खुसी छौँ। यसले खतरा बढाइरहेको छ। उद्यमशील बनाउन नसके युवाविहीन हुने अवस्थामा पुगिन्छ। राज्यले बीउ पुँजी दिनुपर्छ होइन भने अप्ठ्यारो हुँदैछ।’

त्यस्तै उनले शिक्षका मागमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। ‘शिक्षकलाई उच्च सम्मान दिएर जान नसके राम्रो हुँदैन। ईसीडी कक्षाको सेवा सुविधा पुनर्विचार गरौँ। शिक्षक खुसी नराखी विद्यार्थी राम्रो हुँदैनन्,’ उनले भने, ‘संविधानको फ्रेमभित्रै रहेर शिक्षकका माग सम्बोधन गर्नुपर्छ।ु

कोइरालाले देशभर अराजकता चलेको बताएका छन्। अराजकता रोक्नुपर्ने र सामाजिक सद्भाव कायम राख्नुपर्ने उनको भनाइ छ।

त्यस्तै कोइरालाले देश युवाविहीन हुने खतरा बढेको बताएका छन्। देशका दक्ष जनशक्ति विदेश पलायन हुनु राम्रो संकेत नभएको उनको भनाइ छ।

‘खाडीमा गएकाहरू त फर्केलान तर डाक्टर, इन्जिनियरलगायत पलायन हुँदैछन्। उनीहरू पलायन हुँदा देशको अवस्था के होलारु,’ उनले भने, ‘यी कुरा सुधार गरेर कुरामा पारदर्शी हुन सके, भ्रष्टाचार नियन्त्रण गर्न सके असल नेपाल बनाउन सकिन्छ।’

प्रकाशित: १० असोज २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast