सानिमा बैंकको सेवा मूल्यांकन क्यूआर कोडमार्फत

हिमाल प्रेस ८ असोज २०८० १२:२५
सानिमा बैंकको सेवा मूल्यांकन क्यूआर कोडमार्फत

काठमाडौँ- सानिमा बैंकका ग्राहकले सम्पूर्ण कार्यालयमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्यांकन गर्न पाउने भएका छन्। बैंकले ग्राहकको प्रतिक्रिया लिन र सेवा मूल्यांकन गर्न यो सुविधा ल्याएको हो।

यसअन्तर्गत सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन्। बैंकले आफ्नो सम्पूर्ण कार्यालयको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआर कोड उपलब्ध गराएको छ।

उक्त कोड स्क्यान गरी ग्राहकले प्रतिक्रिया दिन सक्नेछन्। सानिमा बैंकको देशभर १३२ वटा कार्यालय र १२३ वटा एटीएम छन्।

 

प्रकाशित: ८ असोज २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =