काठमाडौँ- नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दसैँमा १० लाख’ योजना ल्याएको छ।
यसअन्तर्गत ग्राहकले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि १० लाख नगद जित्न सक्नेछन्। यसका साथै ‘चुज योर स्किम’अन्र्तगत १० हजारसम्मको स्क्रयाच कार्ड वा १२ हजार ५०० बराबरको ५ बर्से एएमीसी प्याकेज पाउनेछन्।
कम्पनीले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दसैँमा १० लाख’ योजना लागू हुने जनाएको छ। यसका साथ होण्डा बिग बाइकको खरिदमा १ लाखसम्मको छुट पनि उपलब्ध हुनेछ।
प्रकाशित: ८ असोज २०८० १२:०६
प्रतिक्रिया