काठमाडौँ- खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई अर्पण गर्ने निर्णय गरेको छ।
यसैगरी पद्मश्री साधना सम्मान कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय प्रतिष्ठानले जनाएको छ।
पद्मश्री गौरव पुरस्कार शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन्।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको राशि तीन लाख रुपैयाँ छ। सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिनेछ।
प्रकाशित: ८ असोज २०८० ७:४०
प्रतिक्रिया