काठमाडौँ- यस वर्ष दसैँका लागि असोज तेस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागले असोज तेस्रो सातादेखि टिकट बुकिङ खुला गर्ने भएको हो।
चाडपर्वलाई लक्षित गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
कार्यदललाई सडक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्ने, अग्रिम टिकट बुकिङ खुला गर्नेलगायत सम्बन्धमा अध्ययन गर्ने कार्यादेश दिइएको छ। दसैँमा काठमाडौँ उपत्यकाबाट तुलनात्मक रूपमा बढी आवातजावत हुने गर्दछ। यस वर्ष घटस्थपना २८ असोजमा रहेको छ।
प्रकाशित: ६ असोज २०८० १०:२०
प्रतिक्रिया