आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

हिमाल प्रेस ४ असोज २०८० १९:३६
आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

काठमाडौँ- आइसरको मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ। गत भदौ १७ गतेदेखि सुरु भएको क्याम्प भदौ २९ मा सम्पन्न भएको हो। क्याम्पमा सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ।

मुलुकका विभिन्न ११ स्थानमा गरिएको क्याम्पमार्फत करिब २ हजार जनाभन्दा बढी ग्राहकले आफ्ना सवारीसाधनको सर्भिस लिएका कम्पनीको भनाइ छ।

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ। साथै नियमित मर्मतसम्भारदेखि अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ।

प्रकाशित: ४ असोज २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =