‘शिक्षक आन्दोलन दबाउन खोजे हामी पनि ५ लाख मान्छे सडकमा उतार्छौ’

हिमाल प्रेस ४ असोज २०८० १०:२९
102
SHARES
‘शिक्षक आन्दोलन दबाउन खोजे हामी पनि ५ लाख मान्छे सडकमा उतार्छौ’

काठमाडौँ- राजधानीमा जारी शिक्षक आन्दोलनलाई पेसागत महासंघले ऐक्यबद्धता जनाएकाे छ।

सरकारले संसद्‌मा पेस गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’को विरोधमा आन्दोलित बनेका शिक्षकहरू माग जायज रहेको महासंघले बताएको हो। महासंघले विधेयक हुबहु पारित भए शिक्षकहरू अधिकारबाट बन्चित हुने जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले विधेयकलाई संशोधन गर्नुपर्ने जनाएको छ। ‘विधेयक हुबहु पारित भएमा सार्वजनिक शिक्षा कमजोर हुने, शिक्षा सेवाको सुरक्षा नहुने, योगदानमा आधारित निवृत्तिभरण व्यवस्था लागू नहुने, बढुवा, कारबाही र ग्रेड घटुवाजस्ता पक्षपात पूर्ण हुने जस्ता समस्या आउँछन्।’

सरकारले आन्दोलन दबाउने कुचेष्ठा गरेकामा पेसागत महासंघले पनि ५ लाखभन्दा बढी सदस्य आन्दोलनमा उतार्ने चेतावनी दिएको छ।

विधेयकको विरोध गर्दै शिक्षक महासंघको अगुवाइमा बुधबारबाटै काठमाडौँ केन्द्रित आन्दोलन चर्किएको छ। देशभरका शिक्षक र कमर्चारीलाई काठमाडौँ बोलाएर महासंघले सडक आन्दोलन गरिररहेको छ।

प्रकाशित: ४ असोज २०८० १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =