शिक्षक आन्दोलन : विद्यालय ठप्प, सडकमा शिक्षक

हिमाल प्रेस ४ असोज २०८० ७:४१
4
SHARES
शिक्षक आन्दोलन : विद्यालय ठप्प, सडकमा शिक्षक

काठमाडौँ- शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएपछि ७० लाखभन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको हो ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा बुधबारदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा ७७ वटै जिल्लाका सामुदायिक विद्यालयबाट शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका हुन्।

बुधबार काठमाडौँको माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वर पुगेर फर्किएको शिक्षकको र्‍याली माइतीघरमा नै फर्किएर कोण सभामा परिणत भएको थियो।

विधेयक तयारीका क्रममा सरकार, विभिन्न दलका नेता र सांसदहरूसँग पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गराउँदा पनि नसमेटिएको आरोप उनीहरूको छ।

शिक्षकहरूले अघि सारेका अधिकांश माग शिक्षाको पेसागत सुरक्षा र सेवासुविधासँग छ। यद्यपि यी माग सम्बोधन भएमा देशको सार्वजनिक शिक्षामा आमूल परिवर्तन आउने दाबी शिक्षक नेताहरूको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनमा महासंघमा सम्बद्धरआबद्ध डेढ दर्जनभन्दा बढी घटक सहभागी छन्। माग सम्बोधन नभएसम्म विद्यालय नफर्कने अडान शिक्षकहरूको छ।

प्रकाशित: ४ असोज २०८० ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =