आइएमई गर्दा एक करोड जित्ने अवसर

हिमाल प्रेस ३ असोज २०८० १५:२६
आइएमई गर्दा एक करोड जित्ने अवसर

काठमाडौँ- रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना  सार्वजनिक गरेको छ।

यसअनुसार विदेशबाट ‌आइएमईको प्रयोग गरि रेमिट्यान्स पठाउँदा एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन्। सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् र दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ।

आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा रकम जम्मा गर्ने तथा आइएमई काउण्टरमा  रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन पाउनेछन्। असोज २ गतेदेखि सुरु भएको योजना २०८१ भदौ मसान्तसम्म लागू हुनेछ।

 

प्रकाशित: ३ असोज २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =