शिक्षक आन्दोलनमा विप्लव नेकपाको ऐक्यबद्धता

हिमाल प्रेस ३ असोज २०८० ८:२९
198
SHARES
शिक्षक आन्दोलनमा विप्लव नेकपाको ऐक्यबद्धता

काठमाडौँ- नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि देशभरका शिक्षक विद्यालय बन्द गरेर काठमाडौँमा उत्रिएका छन्।

सरकारले शिक्षा विधेयक ल्याउँदा सरोकारवाला पक्षहरूले विरोध गर्नुपर्ने र संघर्षमा उत्रिनुपर्ने अवस्थाको नेकपाले निन्दा एवं भत्र्सना गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको हो। पार्टीका प्रवक्ता प्रकाण्ड सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विधेयकविरुद्ध नेपाल शिक्षक महासंघ, विद्यार्थी संगठन र सरोकारवालाहले उठाएको न्यायपूर्ण आवाज र घोषणा गरेको संघर्षको कार्यक्रमप्रति हाम्रो पार्टी ऐक्यबद्धता जाहेर गर्दछ र दृढ समर्थन गर्दछ।’

अब बन्ने शिक्षा नीति र विधेयकप्रति आमनेपाली विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक व्यवसायी र नेपाली जनताको चासो र अधिकार रहन्छ।
पार्टीले हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरी शिक्षा विधेयक अगाडि बढाउन नेपाल सरकारसँग माग गरेको छ।

प्रकाशित: ३ असोज २०८० ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =