काठमाडौँ- जनमत पार्टीले सबैको संविधान बनाउन संशोधन गर्नुपर्ने बताएको छ।
पार्टी प्रवक्ता शरदसिंह यादवले निकालेको विज्ञप्तिमा संविधान संशोधन गरी सबैको साझा बनाउनका लागि पहल गर्न माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताको लागि धन्यवाद छ । अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलको लागि जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित: ३ असोज २०८० ७:२६
प्रतिक्रिया