काठमाडौँ- नेकपा एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन्।
‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौं। सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु हो‘ ओलीले भनेका छन्, ‘जनस्तरबाटै भव्यस्तरमा मनाऔं।’
अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा २०७९ असोज १ गते नै मर्निङ वाक गर्दै आमनिर्वाचनको अभियान सुरु गरेको थियो।
त्यस समयमा पनि मर्निङ वाक आयोजना गरेको थियो।
https://fb.watch/n8M6Rw3tYH/
प्रकाशित: २ असोज २०८० ८:१२
प्रतिक्रिया