
काठमाडौँ- नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस सोमबार हुँदैछ।
यसअघि पटकपटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन।
यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादीपक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्।
स्रोतका अनुसार उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ। सम्भवत: आजबाट अन्तिम बहस हुनसक्ने छ। तर न्यायाधीशहरूले पुरानै कागजात प्रमाणीकरणमा निरन्तर अन्तिम सुनुवाइ टार्दै आइरहेका छन्।
प्रकाशित: १ असोज २०८० ८:५६
प्रतिक्रिया