राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जाँदै प्रधानमन्त्री

हिमाल प्रेस ३० भदौ २०८० ७:४८
2
SHARE
राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जाँदै प्रधानमन्त्री फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका भ्रमणमा जाँदैछन्। संयुक्त राष्ट्र संघीय महासभामाको ७८औं सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन्। परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन्।

१९ सेप्टेम्बर (२ असोज)मा न्युयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ। २१ सेप्टेम्बर (४ असोज) मा प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

महासभामा उनले सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।

प्रधानमन्त्री महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनले २ असोजमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।

बाइडेनले प्रधानमन्त्रीसहितका प्रतिनिधिमण्डलसँग फोटो खिचाए पनि साइडलाइन वार्ताको कार्यक्रम नरहेको बताइएको छ। न्योयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वाकांक्षा सम्मेलनमा भाग लिनेछन् । तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागी हुन लागेको हो।

प्रकाशित: ३० भदौ २०८० ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =