बढ्यो पेट्रोल र डिजेलको मूल्य

हिमाल प्रेस ३० भदौ २०८० ६:३९
2
SHARE
बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर १ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

इन्डियन आयल कर्पोरेशनले शुक्रबार नै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि गरेर निगमलाई नयाँ मूल्यसूची पठाएको थियो।

सोहीअनुसार स्वचालित मूल्य प्रणालीका आधारमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर मूल्यवृद्धि गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

बढेको मूल्य शनिबार मध्यराति १२ बजेर १ बजेदेखि लागू हुने बताइएको छ। यससँगै काठमाडौँमा पेट्रोलको मूल्य १८३ र डिजेल तथा मट्टितेलको मूल्य १७३ पुगेको छ। हाललाई ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

 

प्रकाशित: ३० भदौ २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =