कृषि क्षेत्रमा योगदान पुग्ने गरी काम गर्न साल्ट ट्रेडिङलाई आपूर्ति मन्त्रीको निर्देशन

हिमाल प्रेस २७ भदौ २०८० १६:४८
10
SHARES
कृषि क्षेत्रमा योगदान पुग्ने गरी काम गर्न साल्ट ट्रेडिङलाई आपूर्ति मन्त्रीको निर्देशन

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुर्‍याउने गरी काम गर्न साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिएका छन्।

कर्पोरेशनको ६१औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री रिजालले दैनिक उपभोग्य वस्तुसँगै कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका हुन्।

कृषि क्षेत्रमा योगदान पुर्‍याउन सकेमा संस्थाको महत्त्व थप बढ्ने उनले बताए। साल्ट ट्रेडिङले सर्वसाधारणलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको काम प्रसंशनीय रहेको मन्त्री रिजालको भनाइ थियो।

दैनिक उपभोग्य वस्तुमा हुने गरेको कृत्रिम मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले नियमित बजार अनुगमन गर्नुबाहेक मातहतका संस्थानहरूमार्फत बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको मन्त्री रिजालको भनाइ थियो।

मन्त्री रिजालले आन्तरिक उत्पादनले मात्रै माग पूरा नहुने उपभोग्य वस्तुहरू सहज रूपमा आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पुर्‍याउन साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारलाई पुर्‍याउने योगदान अतुलनीय रहेको उल्लेख गरे।

प्रकाशित: २७ भदौ २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =